Monday, June 22News That Matters

बाँकेमा कोरोना परिक्षण र उपचार निशुल्क गर्न उच्च अदालतको आदेश

पूर्णपुष्टि, बैशाख १

उच्च अदालत तुलसीपुर नेपालगन्जले बाँकेमा कोरोना संक्रमणको उपचार र परिक्षण निशुल्क गर्न आदेश दिएको छ ।

आदेशमा नेपालगन्जको जमुनाहा नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्न तथा भारतबाट आउने प्रत्येक व्यक्तिलाई निःशुल्क मास्क उपलब्ध गराउन पनि आदेश जारी गरेको छ ।

अदालतका वरिष्ठ न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश गोकर्ण डाँगीको संयुक्त इजालसले त्यस्तो आदेश जारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयले तोकेबमोजिम प्रयोगशाला र अस्पतालले कोभिड– १९ सम्बन्धी परीक्षण निर्देशिका र उपचार प्रोटोकल अनुसार गर्ने व्यबस्था मिलाउन आदेश जारी भएको न्यायाधीश डाँगीले जानकारी दिनुभयो ।

शुक्रबार अबेर अदालतले जारी गरेको आदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोके बमोजिम कोभिड–१९ को परीक्षण तथा उपचार निःशुल्क रुपमा गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन आदेश जारी भएको न्यायाधीश डाँगीले बताउनुभयो ।

त्यस्तै संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरी उपचार व्यवस्थापन, परीक्षणका लागि आवश्यक व्यवस्था मिलाउन समन्वय गर्न गराउन पनि आदेशमा भनिएको छ ।

अदालतले कोभिड– १९ विरुद्धको खोप अभियान अन्तर्गत पहिलो र दोस्रो खोप नलगाएका सर्वसाधारण नागरिकहरुलाई यथाशक्य छिटो खोप लगाउने ब्यवस्था मिलाउन पनि आदेश जारी गरेको छ ।