Thursday, May 21News That Matters

उदयपुरमा जंगली हात्ति मरेको अवस्थामा फेला

पूर्णपुष्टि, भदौ १९

उदयपुरमा जंगली हात्ति मरेको अवस्थामा फेला परेको छ । जिल्लाको बेलका नगरपालिका-८ सिसौली स्थित जंगली हात्ति मरेको अवस्थामा फेला परेको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा शनिबार नै जंगली हात्ती मृत अवस्थामा फेला परेको थियो ।डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार गएराति नै स्थानीयहरुले हात्ती मृत अवस्थामा फेला परेको जानकारी गराएको थियो । जंगली हात्ती मृत फेला परेपछि आज डिभिजन वन कार्यालय गाईघाटका टोली, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु डाक्टर सहित कोशी टप्पु बन्य जन्तु आरक्षका प्रतिनिधिहरु सहित पोस्टमार्टमका लागि टोली पठाइएको छ ।

उनले भने, ‘त्यही क्षेत्रमा घुमिरहने जंगली हात्ती केहि दिन अघि नै मृत्यु हुन सक्ने अनुमान गरिएको छ । हात्ती मृत अवस्थामा फेला परेकाले पोस्टमार्टम सहित अनुसन्धान अघि बढाएका छौँ । मृत्युको कारण पोस्टमार्टमको रिपोर्ट नआईकन भन्न सकिदैन् ।’