
पूर्णपुष्टि, कार्तिक ८
उदयपुरमा टिफरमा करेन्ट लाग्दा चालक गम्भिर घाईते भएको छ । उदयपुर कटारी नगरपालिका–८ बर्मीमा अस्थाई नम्बर प्लेट १०६४ को टिपरले टायल, मार्वलको टुक्रा (फोहोर) फाल्ने क्रममा टिपरको ट्रलीले मेन लाईनको विद्युतिय तारमा टच भर करेन्ट लाग्दा चालक गम्भीर घाईते भएको हो । घाईते हुनेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–११ बस्ने ३० बर्षीय सागर तामाङ्ग रहेको छ । घाईते तामाङ्गलाई उद्धार गरी कटारी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी किर्तिपुर अस्पताल काठमाण्डौं पठाईएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

