Wednesday, June 10News That Matters

उदयपुरमा टिपर दुर्घटना : २ को मृत्यु, एक गम्भिर , चालक फरार

पूर्णपुष्टि, साउन ३१

उदयपुरमा टिपर दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । जिल्लाको कटारी नगरपालिका–८ कुरिङभञ्याङ स्थित सिद्धिचरण राजमार्गमा कटारीबाट घुर्मीतर्फ जादै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर सिमेन्ट बोकी हिडेको टिपरलाई साईड दिने क्रममा आफै अनियन्त्रित भई रोड भन्दा ५० मिटर तल खसी दुर्घटना भएको थियो ।दुर्घटनामा परी मृत्यु हुनेमा टिफरमा सवार रहेका कटारी नगरपालिका–८ पाखाटोलका ४५ बर्षीय नर बहादुर मगर र सोहि स्थान बस्ने ४० बर्षीय मिर्चिङ कान्छा मगरको घटना स्थलमा नै मृत्यु भएको थियो भने गम्भिर घाईते भएका ४० बर्षीय चन्द्र बहादुर मगरलाई उपचारको लागी कटारी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी निरिक्षक (डिएसपी) मोहन थापाले बताए ।

टिपर चालक तत्काल फरार रहेको र खोज तलास भईरहेको थापाले जनाए । आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी नायब उपरिक्षकको टोली घटना स्थलमा पुगेको छ ।