
पूर्णपुष्टि, मंसिर २ । उदयपुरको कटारी नगरपालिका–५ खांडीखोप स्थितमा खेत जोत्ने मेसिन जडान गरेको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी–५ सिसाघारी सानोअड्डा बस्ने अन्दाजी ४४ बर्षीय भक्त बहादुर जोशी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार दिउँसो साढेँ १ बजेको समयमा खांडीखोप स्थित एक ठाउँमा खेत जोती अर्को ठाउँमा जोत्न लैजाने क्रममा ट्याक्टर अचानक पल्टिदाँ ट्याक्टरले किची ट्याक्टर चालक जोशीको घटनास्थलमै मृत्यू भएको हो । आवश्यक कानूनी प्रकृया पश्चात शव पोष्टमाटमका लागि प्रादेशिक अस्पताल कटारी लगिएको र घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
