
पूर्णपुष्टि, पौष १०
ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ । कटारी नगरपालिका वडा नं १ वेलस्रोत स्थित बिहिबार साँझको समयमा ट्रकले मोटर साईकलाई पछाडीबाट ठक्कर दिँदा दुधौली नगरपालिका ११ का ५० बर्षिय दिपक कार्कीको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय कटारीका प्रमुख डिसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।
मिर्चैयाबाट कटारी तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१३ प ००७४ नम्बरको मोटर साइकल र सोही दिसातर्फ जाँदै गरेको ना ३ ख ४३२१ नम्बरको ट्रकले मोटर साइकल चालकलाई पछाडीबाट ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रक चालक सप्तरी कन्चनरुप नगरपालिका ६ बस्ने २६ वर्षिय मोहमद अफरोज रहेको छ । ट्रक र चालक अहिले ईलाका प्रहरी कार्यलय कटारीको नियन्त्रणमा रहेको डिसपी भण्डारीले बताउनु भएको छ ।
