
पूर्णपुष्टि, पौष १०
लोक दोहोरी गायिका सुमित्रा सत्यालको बिर्षे पापीलाई बोलको लोकदोहोरी गित बजारमा सार्वजानिक भएको छ । संचारकर्मी तथा कलकार अरविन्द्र गौतम अभिनित ‘बिर्से पापीलाई ‘’ यु ट्युब मार्फत हालै सार्वजनिक भएको हो ।
सुमित्रा सत्यालको शब्द संगीत तथा आवाजमा रहेको गितमा सुमित्रा सत्यालाई राजु विरही सापकोटाले सुमधुर स्वरमा सहयोग गरेका छन् ।
प्रेम विछोडको पीडालाई समेटिएको गितको भिडियोमा संचारकर्मि तथा कलकार गौतम र सावित्री श्रेष्ठले अभिनय गरेका छन्् ।
गायक राजु विरहीको निर्देशन , मरुभूमि नारायणको छायाँकन, रोशन धितालको सम्पादनमा भिडियो निर्माण गरिएको छ ।
गीतको एरेन्ज संजय श्रीपालले गरेका छन् । गीतले आम नेपाली लोक पारखीहरुको मन छुने भिडियोका मोडल अरविन्द्र गौतमको भनाई छ ।
युवा पुस्तालाई मध्यनजर गर्दै निर्माण गरिएको गितले निकै दर्शकहरु कमाउन सक्ने गायिका सत्यालको भनाई छ । काभ्रे जिल्लाको कोशिपारी चौरीदेउरालीमा जन्मिएकी सत्यालले घर त नुवाकोट, सुपारी गोजिमा, र्दुइ मुटु जोडेर जस्ता निकै आश लाग्दो गित पहिलेनै बजारमा र्सावजनिक गरिसकेकिछिन् । गितको छाँयाकन कीर्तिपुरको बिभिन्न रमणिय स्थानमा गरिएको छ ।
