Saturday, May 16News That Matters

नाईजेरियामा नयाँ प्रकारका कोरोना

पूर्णपुष्टि, पौष १०

कोरोना भाईरस अझै पनि नियन्त्रणमा आउन सकेका छैन् । विश्वभर कोरोना संक्रमण र यसबाट मर्नेको संख्या तिब्र रुपमै छ । कोरोना विश्वमा अन्य नयाँ प्रकारले समेत फैलिन थालेको बिज्ञहरु बताउँछन् ।

विश्वका बिभिन्न देशहरुमा कोरोनाको नयाँ प्रकार र थप खतरनाक सहित नयाँ स्वरुप सुरु भएको बिज्ञहरुको भनाई छ ।

हालै नाइजेरियामा कोरोनाभाइरसको अर्को नयाँ प्रकार फेला परेको अफ्रिकाको रोग नियन्त्रण संस्थाका प्रमुखले जनाएका छन् ।

‘बेलायत र दक्षिण अफ्रिकामा भेटिएको भाइरसको प्रकारभन्दा यो फरक रहेको अफ्रिका सेन्टर फर डिजिड कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) का प्रमुख जोन एनकेंगगासोङले बिहीबार पत्रकारहरुलाई बताएको छ । उनले नाइजेरिया सीडीसी र अफ्रिकन सेन्टर फर एक्सिलेन्स फर जिनोमिक्स अफ इन्फेक्सियस डिजिजले नाइजेरियामा पाइएको भाइरसको नयाँ प्रकारको थप अध्ययन गर्ने समते जानकारी दिए ।

दक्षिण अफ्रिका र बेलायतमा सार्स–कोभ–२ को नयाँ प्रकार थप संक्रमक भएको पाइए पछि यो आविष्कारले महामारी नियन्त्रणमा थप चुनौति थपिएको छ । बेलायत र दक्षिण अफ्रिकामा धेरै देशहरुले यात्रा प्रतिबन्ध समेत लगाइसकेको अवस्था छ ।

पी६८१एच नाम दिइएको भाइरसको उक्त नयाँ प्रकारले हालसम्म नाइरजेरियामा संक्रमणलाई तीव्र गतिमा नफैलाईसकेको बताइएको छ ।