
पूर्णपुष्टि, पुस १० ।
काेभिड महामारीकाे समयमा लैंगिक विभेदमा अाधारित हिंसाका चुनाैती र सम्बाेधनका उपायहरु पहिचान गर्ने उद्देश्यले सराेकारवालाहरुबीच जिल्लास्तरीय बैंठक अाज भयाे ।
महिला पुनर्थापना केन्द्र (अाेरेक नेपाल), शाखा उदयपुरकाे अायाेजनामा भएकाे वैठकले उदयपुरमा हिंसाका चुनाैती र समाधानका उपाय खाेज्ने प्रयास गरेकाे छ ।
जिल्ला समन्वय प्रमुख खड्ग परियार, प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, जिल्ला प्रहरी प्रमुख एसपी भिम दाहाल, घरेलु तथा साना उद्याेग कार्यालय उदयपुरका प्रमुख पाक्रम खाँ (चाैधरी), जिल्ला स्वस्थ्य प्रमुख माेहन सुवेदी, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतले चुनाैती र समाधानकाे बारेमा अा-अाफ्ना कुरा राखेका थिए । अाेरेकले सहभागिबाट अाएका कुराहरु टिपाेट गरि भावि दिनमा तयार हुने लैंगिक हिंसाविरुद्धकाे कार्यक्रममा समेट्ने जनाएकाे छ ।
अायाेजककाे तर्फबाट लैंगिक हिंसा सम्बन्धी जिल्लाकाे अबस्थासमेटिएकाे प्रतिवेदन प्रस्तुत भयाे । सराेकारवालाहरुबीच खुल्ला वहस र छलफल भएकाे कार्यक्रमले लैंगिक हिंसाप्रति जिल्लाकाे सरकारी तथा गैरसरकारी निकायकाे ध्यान केन्द्रित गरेकाे छ । तस्विरहरु :





