Wednesday, April 22News That Matters

उदयपुरमा ट्राफिक सप्ताह सम्पन्न

पूर्णपुष्टि, १२ असार ।
उदयपुरमा दुर्घटना न्युनिकरण तथा सडक अनुसासनको सचेतना गराउँदै ट्राफिक सप्ताह सम्पन्न भएको छ । बुधबार त्रियुगा नगरपालिका वडा नं १३ स्थित बरुवा बस पार्कमा कार्यक्रम सम्पन्न भएको हो । सवारी चालक, यातायात व्यवसायी, यातायात कार्यालय, संञ्चारकर्मी तथा सम्बन्धित सुरुक्षा निकायहरुबीच कार्यक्रम सम्पन्न भएको हो । सप्ताहव्यापी कार्याक्रमले ट्राफिक संयन्त्रमा सहयोग पुगेको जनाईएको छ । उदयपुरका ट्राफिक इन्चार्ज सुन्दर श्याम पोखरेलले पछिल्ला एक हप्ता अन्य दिनहरुको दाँजोमा दुर्घटना न्युनिकरण सुन्य रहेको जनाए ।

पहिले दैनिकी जसै दुर्घटना भैरहेको अवस्थामा सप्ताहव्यापी कार्यक्रमको सकरात्मक असर परेको इन्चार्ज पोखरेलले जनाए । सप्ताहव्यापी कार्यक्रममा दुर्घटना चेतना कार्यक्रम, मामासे लापासे चेतना तथा चेकिङ, विद्यार्थीहरुलाई सचेतना तथा स्वयमसेवक, चालकहरुलाई स्वास्थ्य परिक्षण लगायतको कार्याक्रम गरिएको पोखरेलले जनाए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाले दुर्घटना सुन्य बनाउन चालक स्वयम आफै सचेत हुनु पर्ने जनाए । दुर्घटना न्युनिकरणमा चालक, यात्रु र ट्राफिक सबैले सचेत र नियमका पालना गर्नु पर्ने एसपी थापाको भनाई छ ।