Sunday, May 17News That Matters

उदयपुरमा ट्रिफरको ठक्कर बाट घाईते विकको उपचारको क्रममा ज्यान गयो

पूर्णपुष्टि, माघ २९

बेलका नगरापलिका ५ मा टिपरले साईकल यात्रिलाई ठक्कर दिँदा घाईते भएको खड्ग बहादुर विकको बिहिबार ज्यान गएको छ ।

विकको बिराटनगरको नर्सिङ होम हस्पिटलमा उपचारकै क्रममा उनको ज्यान गएको हो । पछाडी बाट ट्रिफरले टक्कर दिँदा घम्भिर घाईते विकलाई उपचारको लागि बुधबार  विराटनगर लगिएको थियो ।

बुधबार साँझ ६ बजे ना.७.ख.६८९५ नंम्बरको टिपरले विकलाई पछाडीबाट टक्कर दिएको थियो । टिपर र चालक त्रियुगा नगरपालिका १३ भातीखर्कका ३७ वर्षीय सूरज लामालाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।