Sunday, May 17News That Matters

झाँक्रि रिहाईको माग गर्दै गाईघाटमा पनि राँके जुलुस प्रदर्शन, प्रदर्शनकै बेला रिहाई भईन् झाँक्रि

पूर्णपुष्टि, माघ २९

सरकारले गिरफ्तार गरेकी नेकपा प्रचण्ड–माधव समूह नेतृ रामकुमारी झाँक्रिको तत्काल रिहाईको माग गर्दै गाईघाटमा राँके जुलस सहित बिरोध प्रदर्शन भएको छ । प्रचण्ड–माधव पक्षका युवा समूहले गाईघाटमा साँझ राकेँ जुलुस प्रदर्शन गरेको हो ।

जनताहरुको स्वतन्त्रताको हक अधिकारका लागि बोल्दा सरकारले उल्टै गिरफ्तार गरी अन्यापूर्ण कदम चालेको भन्दै देशव्यापी रुपमा माधव–प्रचण्ड समूहले चर्को बिरोध गर्दै आईरहेको थियो ।

झाँक्रीलाई प्रहरीले राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । उता झाँक्रिलाई प्रहरीले रिहाई गरिसकेको छ । झाँक्रि पक्राउ पछि बिभिन्न क्षेत्रबाट सरकारको चर्को आलोचना भईरहेको थियो ।

नेकपा दाहाल नेपाल समूह निकट युवा विद्यार्थीले अपराह्न माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शन समेत गरेका थिए । झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै देशव्यापी रुपमा बिभिन्न क्षेत्रबाट दबाब सहित सरकारको चर्को आलोचना पछि झाँक्रिलाई सरकारले तत्काल रिहाई गरेको हो । बिभिन्न स्थानहरुमा रिहाईको माग गर्दै बिरोध प्रदर्शन भईरहेकै बेला झाँक्रि रिहाई भएकी हुन् ।

प्रहरीले राज्यविरूद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई बिहीबार मध्यान्ह पक्राउ गरेको थियो ।

फोटो फिचर