Saturday, June 20News That Matters

उदयपुरमा त्रियुगा नदिले बगाउँदा पुरुषको मृत्यु

पूर्णपुष्टि, साउन १७
उदयपुरमा त्रियुगा नदिले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–७ कुबिण्डेका ५० बर्षीय बौवा चापागाई रहेका छन ।सोमवार बेलुका मुर्कुची बजारबाट घर तर्फ फर्कदै गरेका चापागाई बाटोमा रहेको त्रियुगा खोला तर्ने क्रममा अचानक बगाएको भन्ने खबर प्राप्त भएसंगै तत्काल प्रहरी चौकी सुकौराबाट प्रहरी टोली खटि गई खोजतलास शुरु गरेको थियो । खोजतलासको क्रममा खोलाले बगाएका चापागाईलाई बगाएको स्थान भन्दा करिव १ किलोमिटर तल मृत अवस्थामा फेला पारेको हो । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।