Sunday, August 9News That Matters

उदयपुरमा थप कडाईका साथ जेठ ७ गते सम्म निषेधाज्ञा थपियो

पूर्णपुष्टि, बैशाख ३१

उदयपुरमा निषेधाज्ञा एक हप्ताको लागि थपिएको छ । कोरोना ंसंक्रमण थपिदै गर्दा निषेधाज्ञा थप्नु परेको हो । निषेधाज्ञालाई थप कडाई गरी लागु गर्ने जिल्ला प्रमुख अधिकारी तुलसीराम सेडाईले बताउनुभयो ।

बिभिन्न क्षेत्रहरुलाई मध्यनजर गरी आवश्यकीय अनुसार निषेधाज्ञा थप गरिएको सेडाईले बताउनुभयो । निषेधाज्ञामा अत्यावश्यक खाद्य, फलफुल तरकारी जस्ता सामागी्रहरु बाहेक अन्य व्यापार व्यवसायहरुलाई बन्द गरिने जनाएको छ ।

यस्ता अत्यावश्यक खाद्यन्न तथा फलफुलहरुलाई नेपाल सरकारले तोकेको सुरक्षा तथा स्वास्थ्य मापदण्ड अनुरुप बिहान ६ बजे देदि १० बजे सम्म मात्र संञ्चालन गर्न पाईने छ ।

अत्यावश्यक एम्वुलेन्स, खानेपानी, इन्धन, औषधी तथा स्वास्थ्य, लुव्रिकेन्ट, खाद्यन्न, तरकारी फलफु, दुग्ध जन्य पदार्थ, मासुजन्य, बस्तु बोकेको सवारी, बैँक बित्तिय, इन्टरनेट दुरसञ्चार,  क्वारेन्टीन, विद्युत, रेडक्रस, आईसोलेसन, फोहर महिला डाक सेवा लगायत खुल्ला गरिएको छ ।

बजार तथा सवारी सर्वसाधरणहरुको हकमा बिहान ६ देखि १० बजे सम्म मात्र बजार खुल्ला गर्नु पाउने, अत्यावश्यक तथा सेवाका लागि मात्र निस्कनु पर्ने जस्तै औषधी, खाद्यवस्तु सेवा खरिद बाहेक अन्य मानिस निस्कनु नपाउने , यसैगरी नेपाल सरकारले तोकिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना अन्तर्गत सामाजिक दुरी, मास्क, सावुन पानी, सेनिटाईजर प्रयोग गर्नुपर्ने, हाटबजार, मेला जात्रा, महोत्सव, पार्टी भोज लगायत भिँडभाँड गर्न नपाउने निर्णय सहित निषेधाज्ञा जारी गरिएको छ ।