उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४६६ पुग्यो

पूर्णपुष्टि, भदौ २१
उदयपुरमा आज (सोमबार) थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ६ महिला र ५ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ४६६ जना पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, कटारी र बेलका नगरपालिकाका रहेका छन् । त्रियुगामा २ महिला र ४ पुरुष गरी ६ जना, कटारीमा २ महिला र १ पुरुष गरी ३ जना र बेलकामा २ महिलामा संक्रमण पुष्टि भएको छ ।
जिल्लामा १ हजार ५२८ महिला र १ हजार ७९९ पुरुष गरी जिल्लामा कुल ३ हजार ३२७ जना कोरोना मुक्त भएका छन् । जिल्लामा ४७ महिला र ४० पुरुष गरी ८७ जना सक्रिय संक्रमित रहेका छन् । अहिले सम्म कोरोनाबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1