
पूर्णपुष्टि, भदौ २२
उदयपुरको कटारी नगरपालिका–१ बेलस्रोतमा विल विनाको करिब दुई लाख बराबरको सामान बरामद भएको छ । सोमबार बिराटनगरबाट कटारी तर्फ आउँदै गरेको १ ख ७७९५ को नम्बरको यात्रु बस रोकी प्रहरी चौकी बेलस्रोत उदयपुर प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बसको डिकीमा सामान बरामद भएको हो ।
बसको डिकीमा बरामद भएका लत्ता कपडा,औषधी गरी अन्दाजि दुई लाख बराबरको सामाग्रीहरु लुकाई छिपाई आवश्यक भ्याट, अनलाईन बिल समेत नभएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानहरु आवश्यक कार्वाहिको लागि आन्तरिक राजश्व कार्यालय लहान सिरहामा बुझाएका जिल्ला प्रहरी कार्यालय उदयपुर प्रहरी नायव उपरिक्षक बेद प्रशाद गौतमले जानकारी दिनुभयो ।
