Tuesday, June 9News That Matters

उदयपुरमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,०९९ जना पुग्यो

पूर्णपुष्टि, साउन २४

उदयपुरमा आज (आइतबार) थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ७ महिला र ७ पुरुष गरी १४ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ९९ जना पुगेको छ ।

स्वास्थ्य कार्यालय अनुसार थपिएका संक्रमितहरु चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिकाका रहेका छन् । चौदण्डीगढीमा ४ महिला र ५ पुरुष गरी ९ जना, बेलकामा ३ जना महिला र त्रियुगामा २ जना पुरुषमा संक्रमण देखिएको हो ।

कोरोनालाई जितेर थप ८ घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार २५२ महिला र १ हजार ४५७ जना पुरुष गरी २ हजार ७०९ जना पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या १५४ महिला र १८४ पुरुष गरी ३३८ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । शुक्रबार एक पुरुषको कोरोनाबाट ज्यान गएको थियो । उक्त पुरुषको मृत्यु जिल्ला बाहिर भएकोले जिल्लाको मृतक संख्यामा नजोडीएको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १६ महिला र ३६ पुरुष गरी ५२ जना रहेका छन् ।