
पूर्णपुष्टि, साउन २१
उदयपुरमा आज (बिहिबार) थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ६ महिला र ८ पुरुष गरी १४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ४३ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय उदयपुरका अनुसार थपिएका संक्रमितहरु त्रियुगा र बेलका नगरपालिकाका साथै लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका रहेका छन् । त्रियुगामा ५ महिला र ४ पुरुष गरी ९ जना, बेलकामा १ जना महिला, लिम्चुङबुङमा ३ जना पुरुष र ताप्लीमा पनि १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
कोरोना जितेर आज थप ६ जना घरफर्किएसँगै जिल्लामा कोरोना मुक्त हुँनेको संख्या १ हजार २३७ महिला र १ हजार ४३९ पुरुष गरी २ हजार ६७६ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । जिल्लामा १४४ महिला र १७१ पुरुष गरी ३१५ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाले १६ महिला र ३६ पुरुषको ज्यान गएसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
