Sunday, May 17News That Matters

एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँने एक युवा काठमाडौंबाट पक्राउ

पूर्णपुष्टि, साउन २१

एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँने एक युवा काठमाडौंबाट पक्राउ परेको छ । काठमाडौंको बौद्ध टुसालमा एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा सन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ भोटेचौर घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने ३४ वर्षीय विनोद चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार रातिको साढे १ बजेतिर एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।