Thursday, June 18News That Matters

उदयपुरमा थप १६ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३९७ पुग्यो

पूर्णपुष्टि, भदौ ११

उदयपुरमा आज (शुक्रबार) थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १० महिला र ६ पुरुष गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ३९७ जना पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकाका साथै रौतामाई गाउँपालिकाका रहेका छन् । त्रियुगामा ५ महिला र ४ पुरुष गरी ९ जना, बेलकामा १ महिला र १ पुरुष गरी २ जना, चौदण्डीगढीमा ३ महिला र १ पुरुष गरी ४ जना र रौतामाईमा १ जना महिलामा संक्रमण देखिएको हो ।

थप १६ जनाले कोरोनालाई जितेर घरफर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ४७३ महिला र १ हजार ७१७ पुरुष गरी ३ हजार १९० जना पुगेको छ । जिल्लामा ७७ महिला र ७८ पुरुष गरी कुल १५५ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ महिला र ३६ पुरुष गरी कुल ५२ जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।