
पूर्णपुष्टि, भदौ ११
झापामा यात्रु बोकेको बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिकास्थित चुलाचुली मोडमा शुक्रबार दिउँसो यात्रुबाहक बसको ठक्करबाट एक जनाको घटनास्थलमै ज्यान गएको हो ।
पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख ६७६२ नम्बरको यात्रुबाहक बसको ठक्करबाट मोरङ उर्लाबारी नगरपालिका–६ का ५० वर्षीय हेमसागर थापाको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार मे ३ प ९४४९ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्व सवार थापालाई बसले १ बजेतिर ठक्कर दिएको थियो ।
दुर्घटना गराउने बस र सोका चालक मोरङको उर्लाबारी नगरपालिका–७ बस्ने सपतलाल धिमाललाई नियन्त्रमा लिएर थप अनुसरन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
