Wednesday, June 17News That Matters

उदयपुरमा ७ वर्षीय बालकको पहिरोमा परी ज्यान गयो

पूर्णपुष्टि, भदौ ११

उदयपुरमा एक ७ वर्षीय बालकको पहिरोमा परेर ज्यान गएको छ । कटारी नगरपालिका वडा नम्बर २ मिलन चौक बस्ने पोष्ट बहादुर मगरको छोरा कर्ण मगरको पहिरोमा परी ज्यान गएको हो ।

शुक्रबार साढे १ बजेको समयमा घर नजिक रहेको आँप खहरे खोलामा खेल्ने क्रममा माथिबाट अचानक पहिरो गई निज बालक शक्त घाईते भएका थिए । घाईते बालकलाई उपचारको लागि  कटारी अस्पताल लैजाने क्रममा उनको बटोमै ज्यान गएको थियो । मृत बालकको शवलाई घरमा  ल्याई राखेको भन्ने  खबर ईलाका प्रहरी कार्यालय कटारीमा प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट प्रहरी निरिक्षक सहितको प्रहरी टोलि खटि गई कानुनी प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।