Wednesday, June 17News That Matters

नेपालमा थप २,०६५ जनामा कोरोना पुष्टि, २,३३७ जना संक्रमण मुक्त

पूर्णपुष्टि, भदौ ११

नेपालमा वितेको २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ ।

वितेको २४ घण्टामा थप २५ जना संक्रमितको कोरोनाबाट ज्यान गएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ६६३ पुगेको मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा थप २ हजार ३३७ जना संक्रमणमुक्त भएसँगै देशभर कोरोना मुक्त हुनेको कुल संख्या ७ लाख ८ हजार २३० जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेका छन् । जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा रहेका छन्, भने २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२२ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।