
पूर्णपुष्टि, असोज २४
उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्रियुगा नगरपालिकाका दुई पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टी भएको हो ।
त्रिनपा–१० का ३५ र ४८ वर्षिय पुरुष र ३७ वर्षिय महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । ३५ वर्षिय पुरुष त्रियुगा नगरपालिकाका कर्मचारी हुन भने ४८ वर्षिय पुरुष जिल्ला अस्पताल गाईघाटका प्राविधिक फाँटका कर्मचारी हुन् । त्यस्तै ३७ वर्षिय महिला जिल्ला स्वास्थ्य कार्यालय उदयपुरमा कार्यरत कार्यालय सहयोगीका श्रीमति रहेको खुल्न आएको छ ।
योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या १ सय ४३ पुगेको छ ।

