Friday, May 22News That Matters

उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार १४

आज उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको दिल्लीबाट आएर कटारी नगरपालिका–१ बेलस्रोतको क्वारेन्टाईनमा बसेका ३ महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कटारी नगरपालिका–५ का २१ र ४६ वर्षीय पुरुष र १०, १२ र १६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

उनीहरु सवै भारतको दिल्लीबाट आएर क्वारेन्टाईनमा बसेका हुन् । गत असार ११ गते उनीहरुसँगै २० जनाको स्वाव संकलन गरी परिक्षणका लागी विराटनगरको कोशी अस्पतालका प्रयोगशालामा पठाईएको थियो । परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।