Sunday, April 19News That Matters

उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४९० पुग्यो

पूर्णपुष्टि, भदौ २५
उदयपुरमा आज (शुक्रबार) थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ३ महिला र ३ पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ४९० जना पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार थपिएको संक्रमितहरु चौदण्डी, त्रियुगा र कटारी नरपालिकाका रहेका छन् । चौदण्डीगढीमा २ महिला र २ पुरुष गरी ३ जना, त्रियुगामा १ महिला र कटारीमा १ पुरुषमा संक्रमण देखिएको हो । जिल्लामा थप ७ जनाले कोरोनालाई घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ५४७ महिला र १ हजार ८१७ पुरुष गरी कुल ३ हजार ३६४ जना पुगेको छ । जिल्लामा अझै ४० महिला र ३४ पुरुष गरी ७४ जना सक्रिय संक्रमितहरु रहेका छन् । जिल्लामा कोरोनाका कारण १६ महिला र ३६ पुरुष गरी ५२ जनाको मृत्यु भएको छ ।