Sunday, April 19News That Matters

बिराटनरमा एक वेवारिसे शव फेला

पूर्णपुष्टि, भदौ २५
बिाटनगर बसपार्कमा एक वेवारिसे शव फेला परेको छ । मोरङको बिराटनगर महानगरपालिका–९ बसपार्क अगाडी नालाको पेटीमा आज दिउँसो करिब ४० देखि ४५ वर्ष उमेर समुहका एक पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा खटिएको टोली अहिले घटनास्थल पुगेर शव भेटिएको स्थानलाई अहिले प्रहरीले सिल गरेको छ । मृतकको शव परीक्षणका लागि कोशी अस्पतालमा पठाएको छ । मृतकको पहिचान भने खुली नसकेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।