Tuesday, June 9News That Matters

गाईघाट बजारको अपार सफलता पछि सुनिता थेगिम सहितको स्वरमा मंगल राईको गाईघाट बजार २ सार्वजानिक


पूर्णपुष्टि, भदौ २६

विनोद दनुवार र रिता राईको स्वरमा रहेको गाईघाट बजार बोलको गितले पूर्वमा राम्रै छाप बसायो । गाईघाट बजारको अपार सफलता पछि गितकार तथा सर्जक मंगल राईले गाईघाट बजार २ पनि सार्वजानिक गरेको छ । सुनिता थेगिम सहितको स्वरमा रहेको गाईघाट बजार २ मा बिनोद दनुवार, रिता राई, बिजय राई, मानमा बी राईको स्वर रहेको छ ।
सर्जक राईले मकाउको हिमालय हाउस स्थित ताईपाबाट एक कार्यक्रमको आयोजना गरी गाईघाट बजार २ सार्वजानिक गरेको हो । गितकार मंगल राई लामो समय देखि मकाउमा बस्दै आएको छ । मकाउ कर्मथलो बनाउँदै आएका राईले नेपाली गित संगितलाई संरक्षण र सिर्जनशिल बनाउन निरन्तर गितको रचना गर्दै आएको छ ।
गीतकार राईले “मायाको ओखत, साकेला गीत शीरको फेटा, चाहिदैन धन सम्पति, तुवाचुङ डाडा, जन्मदिने आमा, गाईधाट बजार लगायका चर्चित गीतहरु लेखिसकेका छन् । “गाईधाट बजार–२” मकाउमा गठीत विभिन्न संध संस्थाका प्रतिनिधि विच एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेका बताएका छन् ।
सुम्निमा पारुहङ म्युजिक प्रालिका अध्यक्ष समेत रहेका राईले निकट भविष्यमा पश्चिमका लोकभाकाले आफु प्रभावित भएको बताउदै पछि नेपालका पश्चिमेली क्षेत्रका भाका आफ्नो युटुव मार्फत दर्शक श्रोता माझ ल्याउने समेत बताए । गाईघाट बजार २ सुम्निमा पारुहाङ म्युजिक अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएका छन् ।
गितकार राईले गाईघाट बजार बोलको गितले सफलता पाए सँगै गाईघाट बजार २ पनि बनाउने प्रेरणा भएको बताए । राईले गाईघाट बजार २ पनि पूर्वमा राम्रै चल्ने र दर्शक श्रोताहरुको मन जित्नेमा आफु ढुक्क रहेको राईले बताए ।
उनले पूर्वेली भाकामा रहेको गित तथा भिडियो सुनेर हेरेर प्रतिक्रिया दिन र आफ्नो रचनाको उच्च मुल्याङकन गरिदिन पनि अनुरोध गरे ।
गाईघाट बजार २ मा कलकार उमेश राई (फुलन्देको आमा) अनुसा राई, सिता राई लगायतले अभिनय गरेको छ । गितको म्युजिक भिडियो चर्चित युवा संगीतकार निकेश राई, मिक्सिङ मास्टरिङ मुस्कान मुकारुङ, छायांकनमा मनोज राई, दुर्गा बान्तावा राई, कोरियोग्राफरमा आसिश राई, स्मिर्ति राई, देव चाम्लिङ, ईडिटिङमा मनोज राई, कलरिङमा अमृत चापागाई क्यामेरामा रोमन बान्तावा, सृगारमा अनिशा चाम्लिङ, श्रेय लामा साथै भेषभूषामा फामाहिन बुटिक, लिम्जु कलेक्शन, डिसकभर ड्रेस हायर सेन्टर, थोकफेला लिङदेनको रहेको छ ।