Sunday, April 19News That Matters

संखुवासभाको सामुहिक हत्या आशंकामा एकजना पक्राउ


पूर्णपुष्टि, भदौ २६

संखुवासभामा भएको एकै परिवारको ६ सदस्यको सामुहिक हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । यसअघि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताउँदै आएको थियो ।
प्रहरीले अरु कसैलाई पक्राउ नगरेको बताएको छ । शुक्रबार थप एक जना शंकास्पद व्यक्तिमाथि अनुसन्धान अघि बढाएको र शुक्रबार नै एक जना छिमेकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका छिमेकीको घर घटना घटेको घरबाट करिब १ सय ५० मिटरको दूरीमा रहेको एसपी दाहालले बताए ।
प्रहरीले आइतबार पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने जनाएको छ । संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालले आइतबार चैनपुरमा सार्वजनिक गरिने बताए ।
मादी नगरपालिका–१ उमलिङको खोलागाउँमा गत सोमबार एकै परिवारको ६ जनाको सामूहिक हत्या भएको थियो । सोहि हत्याको आशंकामा प्रहरीले एक जना २५ वर्षीय छिमेकीलाई पक्राउ गरेको हो ।