
पूर्णपुष्टि, भदौ २६
नेपाल कम्युनिष्ट पार्टी (विप्लवले) एमसीसी विरुद्ध २८ गते काठमाण्डौमा आन्दोलन गर्ने जनाएको छ । पार्टीका नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सोमवार राजधानीमा पार्टीको पहिलो चरणको आन्दोलन हुने जनाएको छ । उनले एमसीसी जनताहरुले नमान्दा नमान्दै जवरजस्ती नगर्न देउवा नेतृत्वका सरकारलाई आग्रह समेत गरे ।
उनले देउवालाई मुर्खता नगर्न चेतावनी दिँदै एमसीसीको विरुद्धमा आफुहरुको खरो बिरोध उत्रिने जनाएको छ । पछिल्लो समय एमसीसी उपाध्यक्ष फतिमा सुमार ४ दिने नेपाल भ्रमण सहित एमसीसी पास गराउने प्रयासमा आएको भन्दै एमसीसी विरोधी नेपाली जनता तथा बिभिन्न पार्टीहरुले बिरोध जनाउँदै आएको छ । यस मध्य विप्लव पार्टी यसको बिरुद्धमा पहिल्यै बाट कडा बिरोधमा उत्रिएका पार्टी हुन् ।
एमसीसीलाई नेपालबाट सधैँका लागि भगाउन एकखालको आन्दोलनको आवश्यकता रहेको ‘प्रकाण्ड’ ले बताए । एमसीसी राष्ट्रियतासँग सम्बन्धित मात्र नभए देशको जलस्रोतलगायत अन्य प्रकृति संरक्षणको विषयसमेत रहेको बताउँदै उनले यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताए ।
एमसीसीको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले एमसीसीको विरुद्धमा पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेको जानकारी गराउँदै संसद्बाट एमसीसी पास गराउने षड्यन्त्र भइरहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले मूर्खता गरे भने देश आन्दोलनको भुमरीमा फस्ने चेतावनी उनले दिए ।
एमसीसीलाई समाजका हरेक तप्काले विरोध गर्दै आइरहेको र विरोध गर्न कोही पनि बाँकी नरहेको बताउँदै नेता प्रकाण्डले यस अवस्थामा पनि संसद्बाट पारित गराउने प्रयास भइरहेको दाबी गरे । ‘यहाँसम्म कि एमसीसीको बारेमा सत्तारुढ गठबन्धनमै विवाद भइरहेको छ, उनीहरूकै बीचमा सहमति भएको छैन । यस अवस्थामा पनि त्यसलाई पारित गराउने प्रपञ्च भइरहेको छ,’ उनले दाबी गरे । जति प्रपञ्च भएपनि आफूहरूको दल त्यसको विरुद्धमा उभिने बताउँदै उनले संसदीय दलहरू विदेशी सामु घुँडा टेकेको आरोप लगाए । आफूहरूको दल एमसीसीको विरुद्ध सङ्घर्षमा रहेको बताउँदै उनले ५० करोड अमेरिकी डलरमा देशलाई बेच्न खोजेको आरोप लगाए ।
नेपालकै रकमलाई राम्रोसँग खर्च गरियो विकास पर्याप्त हुने तर ५० करोड अमेरिकी डलरमा कमिसन खान पाइन्छ भन्दै केही नेताहरू त्यो पास हुनैपर्ने अडानमा रहेको उनले दाबी गरे । यदि एमसीसी पास भएर लागु भयो भने देशमा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी पनि दिए ।
