
पूर्णपुष्टि, कात्तिक १९ ।
उदयपुरको त्रियुगा नगरपालिका ११ विशाल नगरटोलमा गएराती दुई घरमा चोरी भएको छ । स्थानीय देविचरण भट्टराईको घरमा चोरी भएको हो । सोही ठाउँको श्याम खड्काको घरमा पनि चोरी भएको हो । शिक्षण पेशामा रहेकाे भट्टराई दम्पत्ति दुबै नेपालटार गएकाे बताईएकाे छ ।

भट्टराईको गरगहना र नगदसहित करिब छ लाखको चोरी भएको जनाइएको छ भने खड्काको १२ तोला चाँदी चोरी भएको जनाइएको छ । खड्का नेपाल आर्मिमा आबद्ध रहेकाे बताईएकाे छ ।
घरमा कोही नभएको मौका पारी ताल्चा फोडेर राती चोरी भएको प्रहरीले जनाएको छ । राती चोरी भएपनि विहान अबेर मात्र चोरी भएको थाहा भएको थियो । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीकाे ५ नम्बर गणले चोरी भएको घरको अवस्था अध्ययन अनुसन्धान तथा चाेर खाेजीमा परिचालन भएका छन् । चोरको खोजी तिब्र पारिएकाे प्रहरीले जनाएको छ ।
