Friday, May 1News That Matters

उदयपुरमा दुई जना फरार प्रतिवादीहरु पक्राउ

पूर्णपुष्टि, माघ २२ । उदयपुरमा दुई जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–१० वस्ने वर्ष ३९ को देब कुमार खत्री र बर्ष ४२ की गिता खत्री रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरु जारी मुद्धामा १ महिना कैद र रु १ हजार जरिवाना तोकेता पनी फरार रहेका उनीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्न उदयपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।