Sunday, April 19News That Matters

उदयपुरमा दुर्ब्यसन विरुद्ध आमा समुह

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

पूर्णपुष्टि, जेठ २१
उदयपुरकाे त्रियुगा नगरपालिका -५ श्रीपुरका आमाहरुले आज दुर्ब्यसनविरुद्ध कार्यक्रम गरेका छन् ।  जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रमेश थापा र त्रियुगा नगरपालिकाका उप-प्रमुख एवं दुर्व्यसन विरुद्ध आमाहरू कार्यक्रम संचालक समिति त्रियुगा नगर संयोजक महेश्वरी राईकाे विशेष उपस्थितिमा कार्यक्रम भएकाे हाे ।विभिन्न टोल विकास समितिका पदाधिकारीहरू र आमा समूहहरूकाे विशेष सहभागितामा  दुर्व्यसन विरुद्ध सन्देश प्रवाह गरिएकाे थियाे ।
कार्यक्रममा समाज सुधारको लागि दुर्व्यसन न्यूनिकरणका लागी पहलकदमी चाल्ने आमा समूहका पदाधिकारिहरूले प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक थापाले लागू औषध दुर्व्यसनको मात्र समस्या नभई आत्महत्या, सवारी दुर्घटना, विद्युतिय अपराध जस्ता समस्याहरू समेत दिनानुदिन चुनौतीको रूपमा देखिएको बताउनुभयाे । यसकाे न्युनिकरणका लागि आगामी दिनमा सरोकारवाला संघ संस्था, टोल विकास संस्था, आमा समुहहरु, स्थानीय समाजसेवीहरु सम्पुर्ण संयन्त्र एकवद्ध भई लाग्नु पर्ने उहाँले बताउनुसभयाे।
नगर उप-प्रमुख राईले लागू औषध दुर्व्यसन न्यूनीकरण लगायत विभिन्न समस्याहरूको निराकरणका लागि प्रहरीलाई हातमा हात साथमा साथ दिनुपर्ने बताउनुभयाे । जिल्ला प्रहरी कार्यालय उदयपुरले चलाएको अभियानहरू समाजका लागि महत्वपूर्ण रहेकाे उहाँले बताउनुभयाे ।

उदयपुरमा जिल्ला प्रहरीले लागू ओैषध दुर्ब्यसनविरुद्ध विशेष अधियान चलाएकाे छ ।