Sunday, May 3News That Matters

उदयपुरमा दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड सुरु, तस्विर सहित

पूर्णपुष्टि, पुष ११ । उदयपुरमा दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन भएको छ । त्रियुगा नगरपालिका–११ स्थित थारुहट रंगशालामा बुधबार त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्डको उद्घाटन गरे सँगै प्रतियोगिता सुरु भएको हो ।जिल्ला खेलकुद विकास संघ उदयपुरको आयोजना र त्रियुगा नगरपालिकाको समन्वयमा ‘स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद’ भन्ने नाराका साथ प्रतियोगिता सुरु गरिएको छ ।

प्रतियोगितामा त्रियुगा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ३२ वटा विद्यालयहरुले सहभागिता जनाएको छ । यस प्रतियोगितामा ५ वटा विधा अन्तर्गत खेल खेलाईने र सम्बन्धित संघ संस्थाको नियम अनुसार खेलाईने आयोजक जिल्ला खेलकुद विकास समितिका सचिव किरण कार्कीले जानकारी दिए ।

पुष ११ गते देखी संचालन भएको प्रतियोगिता पुष १४ गतेसम्म हुनेछ । प्रतियोगितामा भलिबल ,कराते, तेक्वान्डो, कबड्डी र एट्लेटिक्सका खेल खेलाईने छ । उद्घाटनमा मेयर वस्नेत सहित बिषेश अतिथि उपमेयर महेश्वरी राई, जिल्ला अधिकारी हरिप्रशाद घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापा र त्रि.न.पा.का अन्य जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।