
गाईघाट/चैत्र, १२
उदयपुरको सदरमुकाम लगाएतको मुख्य सहरहरुलाई लकडाउनको दोस्रो दिन झनै कडाई गरिएको छ ।
गाईघाट बजार, कटारी, बेल्टार, र रामपुरमा समेत लकडाउन कडाई गरिएको हो । सदरमुकाम गाईघाटमा हिजो सामान्य सानो सवारीहरु विहान चले पनि ट्राफिक प्रहरी र प्रहरीले सम्झाउने र आफ्नै गन्तव्यबाट आएको ठाउँतर्फ फठाउने गरेका थिए भने अति आवश्यकहरुलाई मात्रै छाडेका थिए ।
हिजाो लक डाउनको अवज्ञा गरेको भन्दै जिल्ला भरी टिफर, कार, मोटारसाईकल र साईकल गरी ४४२ ओटा सवारीहरु प्रहरीले नियन्त्रणमा लिएको थियो । गाईघाटमा मात्रै टिफर, मोटर साईकल स्कुटर र साईकल गरी १ सय १४ ओटा सवारी प्रहरीले पक्रेका थिए ।
नियन्त्रणमा लिएको मध्य आदिलाई अनुसन्धान र पहिचानको आधारमा काममा हिड्नेहरुलाई छाडेका थिए भने गैरकाम हिडेका संकास्पद सवारीहरुलाई भने नछाडीएको उदयपुरका प्रहरी प्रमुख (एसपी) वीर बहादुर बुढा मगरले बताउनुभयो ।
एसपी मगरले आज देखी अत्यादिक कडाई गरिएको बताउनुभएको छ । संक्रमणले अझै ठुलो रुप लिन सक्ने अनुमानको साथ यसलाई अझै कडाई गर्नु पर्ने उहाँले बताउनुभयो । दोस्रो दिन साईकल समेत सम्पूर्ण सवारीहरु साधनहरु पूर्णरुपले ठप्प पारिएको छ भने मान्छेलाई पनि बाहिर हिड्न प्रहरीले प्रतिबन्ध लगाएको छ । अति आवश्यक मान्छेहरुलाई मात्र छाडेको र उनिहरुलाई पनि सुरक्षाका साथ अनिवार्य माक्स प्रयोग गरेर मात्र हिड्न दिइएको छ ।
खाद्यन्न लगाएतको सबै सबै पसल तथा बजारहरु पूर्ण रुपले ठप्प पारिएको छ भने बजार सुनसान अवस्थामा रहेको छ । प्रहरीले केही सवारीहरुलाई लकडाउनको अवज्ञा गरेको भन्दै पक्राउ गरेको छ । पक्राउ परेका साधनहरुलाई कानुन बमोजिम कार्वाही गर्ने समेत बताएको छ । हरेक नाकाहरुमा र बजारको बिभिन्न मुख्यचोकहरु मेनचोक पिपलचोक विपि चोक लगाएतका स्थानहरुमा सुरक्षाकर्मीहरुलाई पूर्णरुपमा परिचालन गरिएको छ ।
फोटो फिचर

