Monday, July 6News That Matters

उदयपुरमा नयाँ ट्राफिक प्रमुखको आगमन ः ट्राफिक सचेतना बाट दुर्घटना न्युनिकरण गर्ने उद्घोष

पूर्णपुष्टि, मंसिर २९

जिल्ला ट्राफिक कार्यलय उदयपुर गाईघाटमा नयाँ ट्राफिक प्रमुखको रुपमा कमल कार्कीको आगमन भएको छ । उहाँ धरानबाट उदयपुर सरुवा भएर आउनुभएको हो । जिल्ला ट्राफिक कार्यालय गाईघाट बाट होम प्रसाद खनाल १५ दिन अघि मात्रै ईटहरी सरुवा भएपछि कार्की उदयपुर आगमन भएको थियो । कार्कीले मंसिर १४ गते बाट उदयपुरमा कार्यभार सम्माल्न थाल्नु भएको हो ।

प्रमुख कार्कीले सडक दुर्घटनालाई न्युनिकरणमा प्रमुख जोड गर्ने बताउनुभएको छ । उहाँले बिषेशगरी अहिले सडक दुर्घटना हुनुमा व्यापक सवारी चाप प्रत्येक घर प्रत्येक व्यक्तिको सवारीका कारण सडक दुर्घटना बढेको बताउनुभयो । कार्कीले सवारीको चाप सँगै स्थानीय सरकारले विकासको गतिविधिमा पनि ध्यान दिनु पर्ने बताउनुभयो । स्थानीय स्थरमा सम्पूर्ण गतिविधिहरु स्थानीय सरकारको अधिकारमा रहेको हुँदा सडक व्यवस्थापन बजार व्यवस्थापनमा सहजता ल्याउनु पर्ने उहाँले बताउनुभयो । दिनानु दिन सवारीको चाप बढेपछि पार्कीङको व्यवस्था, सडको व्यवस्था र खुल्ला बाटोका लागि पशु चौपायहरुलाई व्यवस्थापन गर्न सके सवारी दुर्घटना कम हुने उहाँले बताउनुभयो ।

सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको मात्र भुमिका नभई सबै क्षेत्रको भुमिका रहेको बताउनुभयो । ट्राफिक प्रहरीका लागि र ट्रापिकको अगाडी मात्रै नियम पालना गर्दा सडक दुर्घटना थप बढ्दै जाने उहाँले बताउनुभयो । सबैको लागि नियम हो भनेर ट्राफिक नियम पालना भएमा दुर्घटना आफै नियन्त्रण हुन जाने कार्कीको भनाई छ ।

कार्कीले गाईघाटमा पार्कीङको सबै भन्दा ठुलो समस्या रहेको बताउनुभएको छ । सवारी दुर्घटनाको मुख्य पाटो मध्ये एक पार्कीङको समस्याको कारण पनि सडक दुर्घटना हुने उहाँले बताउनुभयो । अव्यवस्थित पार्कीङ, अव्यवस्थित बजार, अनावश्यक भिडभाँड र ट्राफिक व्यवस्थापन नहुदा दुर्घटना बढ्दै गएको कार्कीले बताउनुभयो ।

प्रमुख कार्कीले उदयपुरमा ट्राफिक सचेतना कार्यक्रम मार्फत जनताहरुलाई सचेत गराउने जनाउनु भएको छ । उहाँले सवारी चालकहरुलाई ट्राफिक सचेतना कार्यक्रम मार्फत सचेत गराई दुर्घटना न्युनिकरणलाई सफल बनाउने बताउनुभयो ।

कार्कीले ट्राफिक प्रहरीमा हुनुपर्ने मानवता र व्यबाहरीक पाटोलाई पनि ध्यान दिएर जनताहरुलाई सुरक्षा दिने बताउनु भएको छ । कानुनि पाटो र व्यवहारीक दुवै पाटोलाई ध्यानमा राखी जनतालाई सेवा र सवारीलाई व्यवस्थापन गरी दुर्घटना न्युनिकरणमा आफ्नो प्रमुख कर्तव्य रहने ट्राफिक प्रमुख कार्कीले बताउनुभयो ।