
पूर्णपुष्टि, मंसिर २९
करदाता सेवा कार्यलय उदयपुर गाईघाटका कर अधिकृत सुमन बुढाथोकी हेटौँडा सरुवा हुनुभएको छ । गाईघाटमा कर अधिकृतको रुपमा निकै राम्रो कामको प्रशंसा लिएर बुढाथोकी आन्तरिक राजश्व कार्यलय हेटौँडा सरुवा हुनुभएको हो ।
बुढाथोकीले गाईघाटमा रहेर राजश्व संकलनमा निकै महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो । आफ्नो कार्यकाल अबिधिभर करिब ६४ करोड बराबरको राजश्व संकलन गर्न सफल बुढाथोकी आम सेवाग्राहीहरुको प्रसंशाको व्यक्ति समेत बन्नु भएको छ ।
कोरोना भाईरसको बाबजुत पनि करदाता सेवा कार्यलय गाईघाटले राजश्व संकलनमा निकै जोखिम मोलेर राज्यलाई सहयोग गरेको छ । कटारी, रामपुर, बेल्टार लगाएत स्थानहरुमा कर तिर्न समस्या भएका साना तथा ठुला व्यापारीहरुका लागि कर सिविरको आयोजना गरी कर कार्यलयले राजश्व संकलनमा सहयोग पुराएको हो ।
करदाता सेवा कार्यालय गाईघाटले २ बर्षमा करिब ६४ करोड राजश्व संकलन गर्न सफल भयो । करदाता सेवा कार्यलय गाईघाटका कर अधिकृत सुमन बुढाथोकीले आफ्नो कार्यकल रहुन्जेल कर सम्बन्धि थुप्रै सचेतना काम गरी करको दायरामा थुप्रै मानिसहरुलाई ल्याउन सफल भई ठुलो मात्रामा कर संकलन गर्न सफल भएको बताउनुभयो । आम मानिसहरु कर भन्ने बित्तिकै तर्सिने, कर तिर्न नमान्ने समस्याहरु बिरलै रहेपनि आर्थिक बर्ष २०७५।०७६ र २०७६।०७७ मा ४३ प्रतिसत करको दायरामा बृद्धि भई कर बुझाउँदै आएको उहाँले बताउनुभयो ।
बुढाथोकीले सेवाग्राहीलाई सहज सरल र झन्जटमुखि सेवा प्रभावकारी पारदर्शी बनाई करदातामैत्री बनाउन सुझावको क्रमस कार्यान्यन, सिंगल विन्डो सर्भिस, आर्थिक ऐन २०७७ ले ल्याएका छुट(सुविधाको बारेमा छुट्टै पुस्तिका पम्पलेट प्रचार, करको दायरामा आएका नयाँ दर्ताको बाईओ म्याट्रिक प्रणाली लगाएतका सेवाहरु ल्याएको बताउनुभयो ।
बुढाथोकीका अनुसार हालसम्म ९९५ करदाताहरुले बाईओ म्याट्रिक प्रणालिमा आबद्ध रहेर राजश्व संकलन गर्दै आएको समेत बताउनुभयो ।
बुढाथोकीले करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमले करदाताहरुको बुझाईमा क्रमस परिवर्तन हुंदैगईरहेको बताउनुभयो । कर राजश्व प्रति आम नागरिकहरुको बुझाइले करको दायरामा आउन उल्लेख्य सहयोग पुगेको उहाँले बताउनुभयो ।
बुढाथोकीले राजश्व संकलनमा सकरात्मक प्रचार प्रसार गर्ने सम्पूर्ण संञ्चारकर्मिहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ । कार्यलयले गरेको हरेक सकरात्मक कामको विवरण र सुचनाहरु हर जनतासामु पुराई कर बृद्धिमा सहयोग पुराएको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
