Saturday, June 20News That Matters

उदयपुरमा निकाे हुनेकाे संख्याले ठूलाे फड्काे मार्याे : काेराेना खबर अपडेट, २८ जेठ ०७८

१.

उदयपुरमा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । २९५ जनाको परिक्षण गर्दा ३८ महिला र ३२ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका ७, चौदण्डीगढीको २७, बेलकाको ३६ रहेका छन् । उदयपुरमा सक्रिय संक्रमितको संख्या ६६६ रहेको छ । संक्रमितहरु मध्ये ५८४ जनाको होम आइसोलेशनमा र ८२ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ ।

उदयपुरमा निको हुनेको संख्याले ठूलो फड्को मारेको छ । आज ४७९ जनाले कोरनालाई जितेर निको भएका छन् । निको हुनेमा त्रियुगाको २९८, कटारीको ७२, चौदण्डीगढीको ३१, बेलकाको ४१, रौतामाईको ४०, उदयपुरगढीको २५, ताप्लीको १ र लिम्चुङबुङको २५ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ९७५ पुगेको छ ।

पछिल्लो समय निको हुनेको संख्या बढेको हो । परिक्षणको १४ दिनपछि लक्षण तथा स्वास्थ्य समस्या नरहेमा स्वत् निको भको मानिन्छ । उदयपुरमा होमआइसोलेशनमा बसेका ठूलो संख्याले १४ दिन पार गरेर निको भएकाले निको हुनेको ठूलो संख्या अपडेट भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा चारदिन यता मृत्यु हुनेको संख्या थपिएको छैन । १५ महिला र ३१ पुरुष गरी ४६ जनाको मृत्यु पश्चात हाल कोरोना संक्रमितको मृत्यु भएको छैन ।

जिल्लाको आठ वटा पालिकामा पाँचवटा पालिकामा संक्रिय संक्रमितको संख्या ठुलो मात्रामा घटेको छ । त्रियुगामा ५३५ देखि २९८ मा झरेको छ । कटारीमा ११७ देखि ४५ मा झरेको छ । रौतामाईमा ५६ देखि १६ मा झरेको छ । उदयपुरगढीमा ४४ देखि १९ मा झरेको छ । लिम्चुङबुङमा ६४ देखि ३९ मा झरेको छ । चौदण्डीगढी, बेलकामा भने थोरै मात्रामा तल झरेको छ । चौदण्डीमा हालको सक्रिय संक्रमित ११९, बेलकामा १२० रहेका छन् । स्वास्थ्य कार्यालयको रेकर्ड अनुसार ताप्लीमा १० जना सक्रिय संक्रमित रहेका छन् । सबै पालिकामा संक्रमित दर घटेको र निको हुनेको संख्या बढेको छ । पछिल्लो परिक्षण, संक्रमण र निको हुनेको रिपोर्टबाट जिल्लामा संक्रमण चेनब्रेक हुने संकेत देखाएको छ ।

जिल्ला प्रशासन कर्यालय उदयपुरले निषेधाज्ञाको अबधि असार ७ गते सम्म लम्याएको छ । कोरोना भाईरस रोकथाम अझै न्युन भैनसकेको भन्दै असार ७ गते सम्मलाई निषेधाज्ञा थप गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना प्रकाशन गर्दै बैशाख २८ गते रातको १२ बजे बाट असार ७ गते रातको १२ बजे सम्म लागु हुने गरी निषेधाज्ञाको अबधि बढाइएकोे सूचनामा उल्लेख गरिएको छ ।

यस पटकको निषेधाज्ञामा खाद्यन्न लगायतको अत्यावश्यक बस्तुका लागि समय थप गरिएको छ । बिहान ७ देखि ९ बजे सम्म मात्र संञ्चालन गर्न पाईने खाद्यन्न, फलफुल, तरकारी, माछामासु निर्माणका अत्यावश्यक बस्तुलाई भने यो पटक समय थप गरी ७ बजे देखि १२ बजे सम्म खोल्न पाईने सूचनामा प्रकाशित गरिएको छ ।

निषेधाज्ञामा अत्यावश्यक भन्दा अन्य कुनै पनि व्यक्ति, संस्था, पसल, सवारी साधनहरुलाई ठप्प पार्ने निर्णय भएको छ । खाद्यन्न, फलफुल, तरकारी, माछामासु, अण्डा, औषधी भेटनरी बाहेक अन्य पसलहरु भने हाललाई बन्द गरिएको छ ।बैँक बित्तिय संस्थाहरु नेपाल राष्ट्र बैँकले निर्देशन गरेको समयवधि भरी मात्र सञ्चालन गर्न पाईने छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक काम औषधी, हस्पिटल, बिरामी कुरुवा मृत्यु संस्कार र आपत कालिन अवस्थामा तोकिएको स्थानमा मात्र आवत जावत गर्न पाईने छ । निषेधाज्ञा उलंघन गर्ने कुनै पनि व्यक्ति, संस्था वा सवारी साधनलाई कोभिड १९ संकट व्यवस्थापन २०७८ बमोजिम माथिको कार्वाही गरिने समेत निर्णय भएको छ ।

व्यक्तिलाई १ लाख संस्थालाई ५ लाख दुई पांग्रे सवारीलाई २ हजार र सो भन्दा माथीका सवारीहरुलाई ५ हजार जरिवाना र कार्वाही समेत गरिने कुरा सुचनामै उल्लेख गरिएको छ । अन्य ठाउँ बाट जिल्ला प्रवेश गर्नेहरुको हकमा स्थानीय तहले तोकेको क्वारेन्टाईन र होम आईसोलेसन बस्नु पर्ने छ ।

उदयपुरमा जेठ २५ देखि ६२ देखि ६४ वर्ष उमेर समुहका बृद्धबृद्धाहरुलाई पहिलोचरणको खोप लगाइदैछ । पहिलो चरणको कोभिड १९ विरुद्धको चाइनिज भ्याक्सिन भेरोसिल जिल्लाको आठै पालिकामा खोप कार्यक्रम सन्चालन गरिएको हो । खोप बेलकामा ६५०, चौदण्डीगढीमा ६५० जनाले लगाएका छन् । स्वास्थ्य कार्यालयमा ३६८ जनाले लगाईसकेका छन् । अन्य पालिकाहरुमा पनि लगाउने क्रम चलिरहेको छ ।

नेपालमा आज ३ हजार ७५० जना संक्रमित थपिएका छन् । योसंगै संंक्रमितको कुल सख्या ६ लाख २३ हजार १५१ भएको छ ।  नेपालमा आज ५ हजार २२५ जना कोरोना संक्रमित निको भएका छन् । योसंगै नेपालमा निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ

आज ६७ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको कुलसंख्या ८ हजार ३०५ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९४ हजार ३० रहेको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ५६ लाख ४६ हजार ९३८ पुगेको छ । निको हुनेको संख्या १५ करोड ९१ लाख ९५ हजार ८३२ पुगेको छ । मृत्यु हुनेको संख्या ३७ लाख ८९ हजार ६४४ पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड २६ लाख, ८९ हजार ६४४ रहेको छ । विश्वको सक्रिय संक्रमितको संख्या पनि क्रमश घट्दो रहेको छ ।