
पूर्णपुष्टि, जेष्ठ २९
आफ्नै श्रीमती हत्या गरेको आरोपमा ४५ बर्षीय श्रीमान ताक बहादुर तामाङ पक्राउ परेको छ ।
भोजपुर घर भई हाल ईलाम देउमाई नगरपालिका ४ चित्रे डेरा गरी बस्ने तामाङले शुक्रबार बिहान साढे ८ बजे आफ्नै श्रीमती ४६ बर्षीया सुर्जामाया तामाङलाई दाऊले घाटीमा काटेर हत्या गरेका हुन ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मंगलबारे ईलामबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको छ । घटना घरयासी बिबादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान भईरहेको छ ।
