
पूर्णपुष्टि, जेष्ठ २९
ईलाम नगरपालिका ७ ताराकुटीडाँडा फूलगाछीका ५० बर्षीय बीर बहादुर लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार दिउसो साढे २ बजे लाईन बनाउन भ¥याङ लगाई बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर घाईते भएका लिम्बुको जिल्ला अस्पताल ईलाममा उपचारको क्रममा सोही दिनको पौने ३ बजे मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ ।
