
पूर्णपुष्टि, बैशाख २५
उदयपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा खटिने कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयले तालिम समेत दिईसकेको छ । मुख्य निर्वाचन अधिकृत दिपक खनालका अनुसार बौशाख २७ गतेसम्ममा प्रत्येक मतदाता स्थलमा कर्मचारी पुग्नेछन् । उहाँका अनुसार भोली बोशाख २६ गतेभित्र कार्यालयले सबै कर्मचारीलाई तोकिएको क्षेत्रमा पठाईनेछ ।
यस्तै जिल्लामा आचारसंहिता विपरित गतिविधी भईरहेको उजुरी परेको भन्दै अनुगमनलाई तिव्रता दिने तयारी गरिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको आचारसंहिता अनुगमन समितिले विज्ञप्ती जारी गर्दै आचारसंहिता उल्लघन गरेको भेटिए उम्मेदवारी खारेज गर्नेसम्मको चेतावनी दिएको छ ।
