
पूर्णपुष्टि, जेष्ठ ४
पछिल्लो समय अत्यादिक जिल्लामा बढ्दै गएको संक्रमितको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले थप नयाँ निर्णयमा छलफल गरेको छ । सोमवार जिल्ला प्रमुख अधिकारी तुलसी राम सेडाईको अध्यक्षमा बिभिन्न सम्बन्धित निकायहरु सँगको उपस्थितिमा जिल्ला कोरोना संकट व्यवस्थापन समितिले थप नयाँ निर्णयमा निषेधाज्ञा प्रवावभकारी बनाई संकटलाई सामन्य बनाउने बिषयमा छलफल गरेको हो ।
छलफलले थप कडाईका साथ निषेधाज्ञा लागु गर्ने बिषयमा प्रस्तावहरु तयार गरेको छ । यसका लागि तत्काल कटारी बजारलाई सबै क्षेत्रमा बन्द गरी पूर्ण रुपले ठप्प पार्ने जनाएको छ । कटारी बजार हुँदै बिभिन्न जिल्लाहरुमा खाद्यन्न तथा निर्माण सामाग्रीहरु तिव्र रुपले ओसार पसार भईरहेको अवस्थामा अत्यादिक भिँडभाँड भई संक्रमण बढ्दै गएको भन्दै तत्कालका लागि सबै क्षेत्रहरुलाई ठप्प पार्ने निर्णयमा उल्लेख गरिएको छ ।
३१ गते गरिएको निर्णमा भने सामान्य रुपमा खाद्यन्न, निर्माण सामाग्री लगायतका सवारी र अन्य कार्यहरुमा समेत खुल्ला गरिएको थियो । कटारी बजार अन्य धेरै जिल्लाहरुमा सामाग्री ओसार पसरा गर्ने स्थानको रुपमा भएको हुँदा अत्यादिक भिँडभाँडका कारण संक्रमण उच्च हुने भन्दै कटारी बजार पूर्ण ठप्प पार्न लागिएको छलफलमा भनिएको छ ।
हाललाई कटारीमा राष्ट्रिय महत्वका आयोजना बाहेक अन्य विकास निर्माणका कामहरु बन्द गर्ने छलफलमा निर्णय भएको छ ।
यसैगरी सवारीको हकमा पनि कम गरिएको छ । पहिले आवश्यक भनिएका धरै सवारीहरुलाई खुल्ला गरिएको भएपनि अहिले भने शव वाहान, एम्वुलेन्स, बिरामी बोकेको सवारी बाहेक अन्य सवारीलाई पूर्ण रुपमा ठप्प पार्ने निर्णय छलफलमा गरिएको छ ।
यस्तै छलफलमा जिल्लामा संक्रमितको संख्या दिननु बढ्ने क्रम भईरहेको हुँदा जिल्लामा भएको पिसिआर र एन्टीजेन किट्सको अभावलाई सहजीकरण गर्न पहल गर्ने भएको छ ।
यसैगरी छलफलले बैँङकिङ क्षेत्रलाई पनि थप व्यवस्थीत गर्ने निर्णय गरेको छ । अति भिँडभाँड बिनै बैँक संञ्चालनका लागि समतिको निर्णयले डिजिटिल सेवा मार्फत एटिएमको प्रवावकारी सेवा प्रदान गर्न अनुरोध गरेको छ भने अत्यावश्यक बैँकहरुलाई बिहान ७ बजे देखि ९ बजे सम्म मात्र आवश्यक बैँङकीङ सेवा प्रदान गर्न समेत अनुरोध गरेको छ ।
यसैगरी होम आईसोलेसनमा रहेका बिरामीहरुको बिबरण संकलनलाई पनि छलफलले प्राथामिकता दिएको छ । होमआईसोलेसनका बिरामीहरुलाई कर्मचारीहरुले उनिहरुको बिवरण संकलन गर्ने निगरानी राख्ने र औषधी, पोषण्युक्त खाना, आयुर्वेद चुर्ण, मनोसामाजिक परामर्श जस्ता कुरामा ध्यान पुराउने छलफल भएको छ ।
छलफलमा जिल्ला अस्पताल उदयपुरमा संक्रमितको संख्या बढ्दै गईरहेको तर अस्पतालमा भने आवश्यक जनशक्तिहरु पूर्ण नभएको भन्दै यसबारे व्यवस्था मिलाउन सबै पालिका अन्तर्गतको स्वास्थ्यकर्मीहरु आलो पालोको व्यवस्थाका लागि अनुरोध गरेको छ ।
यस्तैगरी छलफलमा मदिरा पसल पूर्ण रुपमा ठप्प, बिरामीहरु बढ्दै गएकाले उनिहरुको नियमीत निगरानी, शव व्यवस्थापन प्रभावकारी, कोराना रोकथामका लागि सचेतना कार्यक्रम, त्रियुगा नपा ५ देउरीमा १० बेडको आईसोलेसन केन्द्र निर्माण लगायत बिषयमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी सेडाईले जानकारी दिनुभयो ।
