Saturday, June 20News That Matters

उदयपुरमा नेपाल कम्युनिष्ट पार्टी विस्तारको विस्तारित बैठकबारे पत्रकार सम्मेलन

पूर्णपुष्टि, असार ३१

उदयपुरमा नेपाल कम्युनिष्ट पार्टी विस्तारको लागि बैठक बसिएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिकामा २७ गते देखी २९ गते सम्म बसिएको बैठकमा बिभिन्न १५ ओटा निर्णयहरु तयार पार्दै बैठक बसिएको हो ।

बैठकले राजनैतिक, आर्थिक, सांगठनिक, सामाजिक र संघर्षको रुपमा दिएका दुरगामी महत्वलाई प्राथामिकता दिएको छ । बिहिबार गाईघाटमा पत्रकार सम्मेलन गर्दै पार्टी विस्तारको लागि ल्याएको एजेन्डाहरु बारे पार्टीले स्पष्ट पारेको हो ।बैठक जिल्ला संगठन समिति सेक्रेटरी लक्ष्मण पौडेलको अध्यक्षतामा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज विवेक कुमालको प्रमुख अथित्यतामा सम्पन्न भएको हो । पार्टीले श्रमजीवी बर्गको अग्रतरता तथा जनप्रिय पार्टीको रुपमा परिचय दिँदै आएको छ ।