
पूर्णपुष्टि, असार ३१
वितेको २४ घण्टामा नेपालभर थप २ हजार ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २५६ पीसीआर परीक्षणमा १ हजार ७८२ र ४ हजार ५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितसंगै देशभर ७ लाख ९ हजार ४३७ जना पुगेको छ ।
वितेका २४ घण्टामा थप ३३ संक्रमितको ज्यान गएको छ । योसँगै देशभर ज्यान गुमाउनेको संख्या ९ हजार ४६३ जना पुगेको हो ।
त्यस्तै, वितेको २४ घण्टामा १ हजार ७५७ जनाले कोरोना जितेसँगै देशभर कोरोना मुक्त हुनेको कुल संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ । हाल निको हुने दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
