
पूर्णपुष्टि, असार ३१
बैदेशिक रोजगारको शिलशिलामा लामो समय देखि बिदेशमा बस्दै आएका युवाहरुले रोग सँग लडिरहेका ३ जनालाई आर्थिक सहयोग गरेको छ । कतार बस्दै आएका दाजुभाई समूहमा संलग्न उदयपुरका युवाहरुले २ क्यान्सर पिडित र एक मृगौला पिडितलाई करिब ८० हजार आर्थिक सहयोग गरेको हो ।
सो समूहले त्रियुगा नगरपालिका १२ की क्यान्सर पिडित ३८ बर्षिया कमला रोक्का, त्रिनपा १० का मृगौला पिडित ४५ बर्षिय प्रिथ बहादुर मगर र जलजले घर भई हाल पोखोरा वस्दै आएकी १० बर्षिय प्रितिका मगर लाई आर्थिक सहयोग गरेको हो ।
क्यान्सर पिडित रोक्कालाई ५० हजार, मृगौला पिडित मगरलाई २० हजार र क्यान्सर पिडित बालिका प्रितिकालाई १० हजार सहयोग गरेको दाजुभाई समूह नेपालका प्रतिनिधि सदस्य सरोज श्रेष्ठले बताए ।
आर्थिक स्थिति नाजुकका कारण उपचारमा समस्या भईरहेको अवस्थामा उनिहरुलाई बचाउनका निमित्त आर्थिक सहयोगमा समूह जुटेको श्रेष्ठले बताए ।
बिरामी सबैको हाल हस्पिटलमा उपचार भईरहेको छ । क्यान्सर पिडित रोक्काको बिर हस्पिटल काठमाण्डौँ, मृगौला पिडित मगरको भक्तपुर क्यान्सर हस्पिटल र प्रितिकाको कान्ति बाल हस्पिटलमा उपचार भईरहेको छ ।
रोग सँग लडिरहेका तिनै जनाको लागि सबैबाट आर्थिक सहयोगका लागि परिवारहरुले अपेक्षा पनि गरेको छ ।
