
पूर्णपुष्टि, असार ३१
उदयपुरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्न थालेको छ । आज (विहिबार) ९ जनामा मात्र संक्रमण पुष्टि भएको छ । ६ पुरुष र ३ महिलामा संक्रमण देखिएको छ । आज थपिएका ९ जनासँगै जिल्लामा संक्रमितको कुल संख्या २ हजार ६३१ जना पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बेलका र त्रियुगा नगरपालिका साथै लिम्चुङबुङ गाउँपालिकामा आज संक्रमण देखिएको हो । बेलकामा ४ पुरुष र १ महिला गरी ५ जना, त्रियुगामा १ जना महिला र लिम्चुङबुङमा २ पुरुष र १ महिला गरी ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार २७२ पुरुष र १ हजार ८३ जना महिला गरी २ हजार ३५५ जना रहेका छन् । जिल्लामा संक्रिय संक्रमित ११६ पुरुष र ११० महिला गरी २२६ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । उदयपुरमा अहिले सम्म ३४ पुरुष र १६ महिला गरी ५० जनाको कारोनाले ज्यान गएको छ ।
