
पूर्णपुष्टि, असार ३१
झापामा करेन्ट लागेर एक जना युवाको ज्यान गएको छ । मेचीनगर–३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर ज्यान गएको हो ।
आज दिउसो साढे २ बजे सोही स्थितमा रहेको गंगटे खोल्सामा करेन्ट अगाएर माछा मार्ने क्रममा किसानलाई करेन्ट लाग्दा उनको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जाएको छ । उनले हाईटेन्सन लाईनमा तार जोडी करेन्ट लगेका थिए ।
