Sunday, May 17News That Matters

पानी सर्कीएर एक २४ वर्षीय युवाको ज्यान गयो

पूर्णपुष्टि, असार ३१

झापामा गिलासबाट पानी पिउने क्रममा एक्कासी सर्कीएर २४ वर्षीय एक युवाको ज्यान गएको छ । भद्रपुर–६ बस्ने अर्पण श्रेष्ठको पानी सर्कीएर ज्यान गएको हो ।

आज बिहान साढे ७ बजे आफ्नै घरमा पानी पिउने क्रममा एक्कासी पानी सर्कीएर श्रेष्ठ बेहोस भएका थिए । उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा पौने ९ बजे ज्यान गएको खबर प्राप्त हुन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।