Sunday, May 17News That Matters

इनारमा एक नवजात शिशुको शव भेटियो

पूर्णपुष्टि, असार ३१

सिरहामा नवजात शिशुको शव इनारमा फालिएको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार धनगढीमाई नगरपालिका–७  कसहामा रहेको इनारमा एक नवजात शिशुको शव भेटिएको हो ।

कसहा चोकदेखि करिब १५० मिटर दक्षिणमा रहेको भोगेन्द्र महतोको इनारमा शिशुको शव भटिएको थियो । बच्चा जन्मे लगत्तै इनारमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ । इनारमा गन्हाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि शिशुलाई इनारबाट निकालिएको थियो ।

घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिशुको शव पोस्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारिका अस्पताल लहानमा राखेको प्रहरीले जनाएको छ ।