Sunday, May 17News That Matters

मदिरा सेवनका कारण झगडा, श्रीमती मृत भेटिइन्, श्रीमान फरार

 पूर्णपुष्टि, असार ३१

आदिवासी समुदायकी एक महिलाको झापामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह–१ गेउरिया चोककी ३९ वर्षीया संगीता टुडुको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।

वुधबार बेलुका श्रीमान–श्रीमती बीभ झगडा भएको थियो । मृतक महिलाका श्रीमान फरार रहेकोले खोजी कार्य अघि बढाएको झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो ।

‘हिजो साँझ श्रीमान–श्रीमतीले सँगै बसेर मदिरा सेवन गरेका थिए, ‘स्थानीय छिमेकीको भनाइ उद्धृत गर्दै थापाले भन्नुभयो, ‘मदिरा सेवन गरिरहेकै बेलामा घरायसी विषयलाई लिएर हानाहान हुँदा श्रीमतीको ज्यान गएको हो ।’

घटनामा हतियार प्रयोग नभएको प्रहरीले बताएको छ । हातखुट्टा प्रहारबाटै श्रीमतीको ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।